२०८३ बैशाख १०, बिहीबार
April 23, 2026
२०८३ बैशाख १०, बिहीबार
April 23, 2026 Thursday
- ADVERTISEMENT -

चार मदिरा पसलमा सिल, ११ जना नियन्त्रणमा

प्रकाशित मिति : २०८२ फाल्गुन २० गते
sketch

भैरहवा / प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले मदिरा बिक्रीवितरणमा लगाइएको निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा रुपन्देही प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दकाअनुसार अनुगमनका क्रममा जिल्लाका विभिन्न स्थानबाट मङ्गलबार रातिसम्म चारवटा मदिरा पसल सिल गर्नुका साथै मदिरा बिक्रीवितरण तथा ओसारपसारमा संलग्न ११ जना व्यक्तिलाई पक्राउ गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीले सिद्धार्थनगर नगरपालिका–६ बुद्धचोकस्थित एक रेष्टुरेन्टबाट सञ्चालकसहित नौ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । त्यसैगरी मायादेवी गाउँपालिका–५ गोनाहा चोकस्थित मदिरा पसलबाट ‘दामी’ र ‘इश्क’ नाम लेखिएका ११० बोतल मदिरा बरामद गरिएको सूचना अधिकारी चन्दले बताए । यस्तै शुद्धोधन गाउँपालिका–७ भगलापुर र वडा नं ३ सियाभारस्थित रेष्टुरेन्टबाट दुई जना सञ्चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

निषेधित अवधिमा मदिराको कारोबार गरेको पाइएपछि सम्बन्धित पसललाई सिल गरिएको हो । जिल्लाभर मदिरा नियन्त्रणका लागि विशेष टोली परिचालन गरी अनुगमनलाई कडा पारिएको सूचना अधिकारी चन्दले जानकारी दिए ।

स्थानीय प्रशासनले निर्वाचन अवधिभर सबै प्रकारका मदिराजन्य पदार्थको बिक्रीवितरण तथा सार्वजनिक स्थानमा सेवन पूर्ण रूपमा निषेध गरेको छ । निषेध आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।

निर्वाचन आचारसंहिताविपरीत गतिविधिमा संलग्न व्यक्तिहरूको निरन्तर निगरानी भइरहेको जनाउँदै प्रहरीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक कदम सशक्त रूपमा अघि बढाइने जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37