काठमाडौं । चितवन २ मा जारी मत गणनामा रास्वपाका सभापति रवि लामिछान भारी मतले अगाडि रहेका छन् ।
विहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा लामिछानेले १० हजार ८२० मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् ।
- ADVERTISEMENT -

नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले ३१२६ मतसहित पछ्याइरहेकी छन्। नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २८४५ मत पाएका छन् ।


















































