२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

समानुपातिकमा रास्वपा एक्लैको ५० लाख बढी मत, ६ पार्टीले कटाए ‘थ्रेसहोल्ड’

प्रकाशित मिति : २०८२ फाल्गुन २६ गते

काठमाडौं / प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फका सबै नतिजा आइसके पनि समानुपातिकतर्फको मतगणनाले देशको राजनीतिक परिदृश्यलाई थप रोचक बनाएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ मात्रै ५० लाख १३ हजार मत प्राप्त गर्दै अन्य स्थापित दलहरूलाई निकै पछाडि छाडेको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार, हालसम्म कुल १ करोड ३ लाख ९६ हजार २७३ मतगणना भइसकेको छ । जसमा रास्वपाले ५० लाख १३ हजार १८९ मत प्राप्त गरेको छ । यो मत दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको भन्दा झन्डै तेब्बर बढी हो । प्रत्यक्षतर्फ ऐतिहासिक १२५ सिट जितेको रास्वपाले समानुपातिकको यो नतिजाका आधारमा थप ५८ सिट पाउने सम्भावना देखिएको छ । यससँगै रास्वपा संसदमा दुई–तिहाइ बहुमत नजिक पुग्ने निश्चितप्रायः भएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएको नेपाली कांग्रेस समानुपातिकमा पनि दोस्रो स्थानमै सीमित भएको छ । कांग्रेसले हालसम्म १६ लाख ९४ हजार ७८२ मत पाएको छ, जसबाट उसले समानुपातिकतर्फ थप १९ सिट पाउने आकलन गरिएको छ ।

त्यस्तै, प्रत्यक्षमा ९ सिट जितेको नेकपा (एमाले) ले समानुपातिकमा १४ लाख १२ हजार ८८४ मत प्राप्त गरेको छ । हालसम्मको ट्रेण्ड अनुसार एमालेले समानुपातिकबाट १६ सिट थप्ने देखिएको छ ।

नयाँ दलहरूको उदय यस निर्वाचनको मुख्य विशेषता बनेको छ । स्थापनाको छोटो समयमै प्रत्यक्षमा ३ सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ३ लाख ५८ हजार ४६७ मत प्राप्त गर्दै राष्ट्रिय पार्टीको मान्यता सुरक्षित गरेको छ । यस मतले उक्त दललाई थप ४ सिट दिलाउने सम्भावना छ ।

अन्य दलहरूको मत विवरण यस्तो छ –
नेपाली कम्युनिस्ट पार्टी – ७ लाख ६६ हजार ३९२ मत ९थप ९ सिटको सम्भावना०
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) – ३ लाख २४ हजार ०५१ मत ९थप ४ सिटको सम्भावना०
जनता समाजवादी पार्टी, नेपाल – १ लाख ७० हजार ८९० मत
राष्ट्रिय परिवर्तन पार्टी – १ लाख ६६ हजार ३३५ मत
जनमत पार्टी – ७६ हजार १५१ मत

हालसम्मको मतगणनामा रास्वपा, कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति र राप्रपाले ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाएर राष्ट्रिय पार्टीको हैसियत प्राप्त गरेका छन् । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नयाँ दलहरूको सशक्त उपस्थितिले नेपालको संसदीय राजनीतिमा शक्ति सन्तुलन पूर्ण रूपमा फेरिने देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49