२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज चितवनमा ‘युवा महिला उद्यमी शिखर सम्मेलन’ हुने

प्रकाशित मिति : २०८२ चैत्र १४ गते

भरतपुर / महिला उद्यमीलाई लक्षित गर्दै चितवनमा आज (शनिबार) ‘युवा महिला उद्यमी शिखर सम्मेलन–२०२६’ हुँदैछ । नेपाली युवा उद्यमी मञ्चको आयोजनामा सिराईचुली होटल भरतपुरमा कार्यक्रम हुन लागेको कार्यक्रम संयोजक सन्ध्या कंडेलले जानकारी दिए ।

कार्यक्रम संयोजक कंडेलका अनुसार महिलालाई उद्यमतर्फ आकर्षित गर्नका लागि शिखर सम्मेलनको आयोजना गर्न लागिएको हो । उनले महिला उद्यमी, व्यवसायीक महिला, विद्यार्थी र भावी उद्यमीहरुलाई एउटै मञ्चमा ल्याउनका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । कार्यक्रममा सहभागि भइदिन समेत उनको आग्रह छ ।

- ADVERTISEMENT -

Advertisement

शनिवार बिहान ११ बजेदेखि साँझ चार बजेसम्म हुने क्रममा प्यानल छलफल समेत हुनेछ । प्यानलिस्टमा प्रार्थना साखा, निकिता जलान, सिता अधिकारी सञ्जीता घिमिरे लगायतका रहेका छन् । प्रमुख वक्ताको रुपमा प्राध्यापक डा शारदा थपलिया रहेकी छिन् । इनपावर इलिभेट नारा दिईएको कार्यक्रममा ४ सय जना सहभागि हुने अनुमान गरिएको छ । कार्यक्रममा सहभागि हुनका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

चितवनमा पहिलोपटक सञ्चालन गर्न लागिएको कार्यक्रममा भाग लिनका लागि चितवन र वरपरका महिला उद्यमीहरुलाई खुल्ला निमन्त्रणा दिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा शैक्षिक, बैंकिङ तथा वित्तीय संस्था र सरकारी निकायहरुसँग पनि साझेदारी रहेको बताइएको छ ।

नेपालमा पुरुषकोभन्दा महिलाको जनसंख्या बढी रहेको छ । तर औपचारिक कर्जामा उनीहरुको पहुँच अझै पनि कम रहेको छ । यस्तो अवस्थामा ज्ञान, सञ्जाल र प्रेरणाको माध्यमबाट त्यो खाडल पुर्नलाई कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.29
175.99
UK Pound Sterling
1
204.04
204.85
Swiss Franc
1
186.38
187.12
Australian Dollar
1
108.63
109.07
Canadian Dollar
1
109.31
109.74
Singapore Dollar
1
119.02
119.50
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.16
11.21
Swedish Kroner
1
15.78
15.85
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45