२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026
२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026 Saturday
- ADVERTISEMENT -

बस र ट्याङ्कर एकआपसमा ठोक्किँदा १६ जनाको मृत्यु

प्रकाशित मिति : २०८३ बैशाख २४ गते

एजेन्सी / इण्डोनेसियाको सुमात्रा टापुस्थित एक प्रमुख राजमार्गमा बुधवार यात्रुवाहक बस र ट्याङ्कर ट्रक एकआपसमा ठोक्किँदा १६ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूकाअनुसार दक्षिण सुमात्रा प्रान्तको करङ जया जिल्लास्थित ट्रान्स–सुमात्रा राजमार्गमा स्थानीय समयअनुसार दिउँसो करिव १२ः३९ बजे सो दुर्घटना भएको हो ।

- ADVERTISEMENT -

Advertisement

लामो दूरीको अन्तरशहर बस र विपरीत दिशाबाट आइरहेको ट्याङ्कर ट्रक एकापसमा ठोक्किएको स्थानीय सञ्चारमाध्यम ‘जकार्ता ग्लोब’ले जनाएको छ । स्थानीय विपद् व्यवस्थापन एजेन्सीका अधिकारीहरूले दुर्घटनालगत्तै उद्धार टोली परिचालन गरिएको जानकारी दिएका छन् ।

दुर्घटनाग्रस्त सवारीसाधनको भग्नावशेषमा धेरै यात्रुहरू अड्किएकाले उनीहरूको उद्धारका लागि तत्काल पहल गरिएको थियो । उद्धारकर्मी र ट्राफिक प्रहरीले दिउँसो अबेरसम्म घटनास्थलबाट भग्नावशेष हटाउने, मृतकको पहिचान गर्ने र क्षेत्रलाई सुरक्षित बनाउने कार्य जारी राखेका थिए ।

- ADVERTISEMENT -

Advertisement

अधिकारीहरूले घाइतेहरूको उपचार र सुरक्षित उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राखिएको बताएका छन् । दुर्घटनाको यकिन कारण र मृतकहरूको पूर्ण विवरणका लागि अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.88
152.48
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
203.73
204.54
Swiss Franc
1
190.78
191.53
Australian Dollar
1
106.92
107.35
Canadian Dollar
1
108.58
109.01
Singapore Dollar
1
118.30
118.77
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.47
40.63
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.35
41.52
Malaysian Ringgit
1
37.43
37.58
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
494.32
496.27
Bahrain Dinar
1
402.78
404.38
Omani Rial
1
394.47
396.03