२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एमाले जारी सचिवालय बैठक : ओलीको नेतृत्व नछोड्ने अडान

प्रकाशित मिति : २०८३ जेष्ठ १० गते
file photo.

काठमाडौँ / नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जारी सचिवालय बैठकमा आफूलाई नेतृत्वबाट हटाउन खोजिएको भए कुन विधि र प्रक्रियाबाट हटाउने भन्ने प्रश्न उठाएका छन् ।

आफूनिकट नेताहरू नै पार्टी पुनर्गठनको पक्षमा खुलेपछि दबाबमा परेका ओलीले बहुसंख्यक सचिवालय सदस्यहरूको धारणा सुनिसकेपछि यस्तो प्रश्न उठाएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

जेठ ४ गतेदेखि जारी सचिवालय बैठक आइतबार पनि बसिरहेको छ । बैठकमा अध्यक्ष ओलीले जवाफ दिने कार्यसूची अझै बाँकी रहेको छ। अन्य सचिवालय सदस्यहरूले धारणा राख्ने क्रममा ओलीले बीचबीचमा आफ्नो प्रतिक्रिया पनि दिइरहेका छन् ।

बैठकमा ओलीले भनेका थिए, “मलाई हटाउने हो भने कुन विधिबाट कसरी हटाउने ? राष्ट्रिय महाधिवेशन भएको ६ महिना पनि भएको छैन । फेरि राष्ट्रिय महाधिवेशन गर्ने कुरा त नहोला, विशेष महाधिवेशन गर्नुपर्ने होला । तीन महिनाअघि भएका तहगत अधिवेशनको अवस्था के हुन्छ ?”

यसबीच अध्यक्ष ओलीले आफू केन्द्रीय कमिटी बैठक फेस गर्न तयार रहेको संकेतसमेत दिएका छन् । “मलाई हट्नुपर्छ भन्ने हो भने केन्द्रीय कमिटी बैठकमा जाऔँ । एक–एक केन्द्रीय सदस्यसँग म पनि कुरा गर्छु,” उनले भने ।

शनिबारको बैठकमा ओलीले सचिवालय सदस्यहरूलाई आफूलाई धेरै नसम्झाउन पनि आग्रह गरेका थिए । “किन सम्झाउँदै हुनुहुन्छ रु मलाई नसम्झाउनुस् । तपाईंहरूले सम्झाउनुपर्दैन । म नेतृत्व छाड्दिनँ,” ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने ।

ओलीले पार्टीलाई पुनः पुरानै अवस्थामा फर्काउन आफू सक्षम रहेको दाबीसमेत गरेका छन् । “पार्टीलाई फेरि पुरानो अवस्थामा ल्याउँछु । यसको नेतृत्व फेरि पनि मैले नै गर्नुपर्छ,” उनले भनेका थिए ।

बैठक लम्बिँदै गएको भन्दै ओलीले छिट्टै निष्कर्षमा पुग्न आग्रह गरेपछि शनिबार पृथ्वीसुब्बा गुरुङले प्रतिवाद गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89