चितवन / भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ।
शनिबार राति करिब ११ बजे पूर्ण बोटेको घरमा जंगली हात्ती प्रवेश गरी घरभित्र सुतिरहेका उनकी २५ वर्षीया श्रीमती आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटेमाथि आक्रमण गरेको थियो । आक्रमणबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
- ADVERTISEMENT -

घटनापछि हात्ती धपाउने प्रयासमा पूर्ण बोटेले आगो बाल्ने क्रममा उनको कच्ची घरमा आगलागी भएको थियो । इलाका प्रहरी कार्यालय गीतानगरबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलको मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरेको छ । साथै, घटनाबारे चितवन राष्ट्रिय निकुञ्जसँग समन्वय गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
- ADVERTISEMENT -



















































