February 29, 2024

मिस नेपाल २०२३ को फाइनल शनिबार, १४ सुन्दर भिड्दै

May 25, 2023

काठमाडौं / २७औं श्रृखलाको मिस नेपाल अर्थात ‘मिस नेपाल २०२३’ आगामी शनिबार (१३ जेठमा) छानिँदै छ । ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने प्रतियोगीताका लागि २४ सुन्दरी भिड्नेछन् ।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा मिति नजिकिँदै गर्दा द हिडन ट्रेजरले ११ जना जजको नाम सार्वजनिक गरेको छ । जसमा पूर्वमिस नेपाल, उद्यमी–व्यवसायी, पत्रकार, कलाकार लगायत विभिन्न क्षेत्रका व्यक्ति रहेका छन् ।
आयोजकले सार्वजनिक गरेको जर्जको सूचीमा पत्रकार दिलभूषण पाठक, क्रिकेटर ज्ञानेन्द्र मल्ल, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान, मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठ, मिस नेपाल अर्थ–२०१७ रोजिना श्रेष्ठ, अब्सोल्युट एस्थेटिक क्लिनिककी निर्देशक सुरुजना श्रेष्ठ, अभिनेत्री आँचल शर्मा र महिला उद्यम व्यवसायी महासंघकी अध्यक्ष नीरु रायमाझी रहेका छन् ।
मिस नेपालको अन्तिम स्पर्धाको तयारी समेत पूरा भएको छ ।

- ADVERTISEMENT -