March 28, 2024

४० पुग्यो कोरोना संक्रमित, ५ जना निको

April 21, 2020

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमित उदयपुरमा एक जना थप भएको केही घण्टामै ८ जना पुनः थपिएका छन् । योसँगै आज मंगलबार मात्रै उदयपुरमा ९ जना थप संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४० पुगेको हो ।
उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो ।
सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो ।
कोरोना संक्रमित बढेसँगै निको हुने संख्या पनि बढिरहेको छ । यसैगरी आज मंगलबारसम्म निको हुनेको संख्या ५ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -