March 29, 2024

चितवनका आठ नेता केन्द्रीय सदस्यमा मनोनित

December 23, 2020
photo : khabartarang

चितवन / नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको केन्द्रीय समिति बैठकमा चितवनका आठ जना नेता केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
नेकपा केन्द्रीय कमिटीको तेस्रो बैठकबाट केन्द्रीय कमिटी सदस्यमा चितवनका नेकपा नेताहरु हरि सापकोटा, जेएन थपलिया, दावा लामा, विजय सुवेदी, प्रभा बराल, शारदा कुमाल, कपिल पोख्रेल र पार्वती रावल मनोनित भएका छन् ।
फुटको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा ५५६ जना केन्द्रीय सदस्य थपेका हुन् । मंगलबार बिहान बालुवाटारमा भएको आफूनिकट केन्द्रीय सदस्यको भेलामा एक हजार १९९ जना महाधिवेशन आयोजक समिति बनाउने भन्दै तत्काल ५५६ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेका हुन् ।
नेकपामा अहिले ४४६ जना केन्द्रीय सदस्य छन् । केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी सोमबार उनले मनोनयन गरेका थिए । १९७ जना पछि थप्ने गरी ओलीले महाधिवेशन आयोजक समिति बनाउने योजना बनाएका छन् । मनोनित सदस्यहरूले मंगलबार नै पद तथा गोपनीयता सपथ लिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -