April 19, 2024

चितवनमा मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

January 6, 2021

चितवन / मोटरसाइकल चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले मोटरसाइकल चोरी गर्ने चारजनालाई पक्राउ गरेको जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार पक्राउ पर्नेहरुमा भरतपुर–९ वर्ष २१ का मेलोन सुनार, भरतपुर–११ वर्ष १८ शिव वि.क., भरतपुर–८ वर्ष २८ का सन्तकुमार गुरुङ, भरतपुर–५ वर्ष ३७ का नवराज श्रेष्ठ रहेका छन् ।
चितवनको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो भने भरतपुर १० स्थित अष्टभूजा पेट्रोलपम्प पछाडि प्रदेश नं. २–०३–००१प १८७४ नम्बरप्लेट २२० सीसीको पल्सर मोटरसाइकलसहित मेलोन सुनारलाई पक्राउ गरिएको प्रवक्ता थापाले बताए ।
पक्राउ परेका साधनहरुमा पुस २ गते रत्ननगर १० भानुचोकबाट प्रदेश नं. ३–०२–०१२प ९९६४ को २२० सीसीको पल्सर मोटरसाइकल, पुस १० गते रत्ननगर ३ शान्तिचोकबाट ना५७प १८ को १५० सीसीको पल्सर मोटरसाइकल, पुस १६ गते भरतपुर १ रामनगरबाट ना४९प ५०६५ को डिओ स्कुटर, पुस १८ गते कालिका नगरपालिका ५ नवज्योति टोलबाट ना४६प १३२० को २२० सीसीको पल्सर मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका व्यक्तिहरुलाई चितवन जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए । चोरीमा संलग्न निजहरुलाई ३ वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको बताइएको छ ।

- ADVERTISEMENT -