March 29, 2024

७२ जना थप, संक्रमित ६७५ जना

May 25, 2020

काठमाडौँ । सोमबार नेपालमा ७२ जनामा कोरोना संक्रमण फेला परेको पुष्टि भएको छ । योसँगै कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमितहरु धेरै बारा र रौतहटका रहेका छन् ।
संक्रमितहरुमा रौतहटका २६ तथा बाराका २३ जना रहेको छ । रौतहटको फरदहवा–२, ६ र ८ तथा इशनाथ–२ का १८ देखि ५३ वर्षसम्मका २६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार बाराको गडीमाइ नगरपालिकाका १८ देखि ५० वर्षसम्मका २१ पुरुषमा संक्रमण पुष्टि भएको हो । यसैगरी बाराको कलैया–१ कोटवालीका २५ र ३२ वर्षका पुरुषमा पनि संक्रमण देखिएको छ ।
संक्रमण पुष्टि हुनेमा धनुषाको नगराइन–३ का ३०, ३१ र ४५ वर्षका पुरुष, कपिलवस्तुको शिवराज नगरपालिका–४, ५ र ६ का १९, २० र २३ वर्षका पुरुष, काठमाडौँको टोखा–३ र ६ तथा बुढानिलकण्ड–३ का २७, ४१ र ३७ वर्षका पुरुष, सप्तरीको डाक्नेधरी गाउँपालिकाका २२ र ३४ वर्षका पुरुष रहेका छन् ।
यस्तै बर्दियाको बासगढी–९ का २५ वर्षे युवा, बाँकेको दुधवा–२ र राप्ती सोनारी–७ का १६ देखि २४ वर्षका चार युवा तथा दैलेखको चार युवा र एक युवतीमा संक्रमण पुष्टि भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -