April 20, 2024

१४ वर्षीया बालिकाको अपहरण गरी सामूहिक बलात्कार

February 11, 2021

मोरङ / शौच गर्न निस्केकी जहदा गाउँपालिका–१ की १४ वर्षीया बालिकालाई दुई युवकले अपहरण गरी बलात्कार गरेका छन् । आफन्तका अनुसार सोमबार राति साढे ९ बजेतिर पिसाब फेर्न घरबाहिर निस्किएकी बालिकालाई दुई युवकले अपहरणको शैलीमा मोटरसाइकलमा राखी लगेका थिए । उनीहरूले दुई घण्टापछि बालिकालाई उनकै घरनजिक ल्याएर छाडी भागेका थिए ।
युवकले को२२प १८१६ नम्बर मोटरसाइकल प्रयोग गरेको प्रहरीले जनाएको छ । ‘म शौच गर्न बाहिर निस्किएको समयमा जबर्जस्ती मोटरसाइकलमा राखेर लगे,’ पीडित बालिकाले भनिन्, ‘सडकमा दुईजना केटाहरू बसेका रहेछन्, मैले देखिनँ । एक्लै भएको मौका पारेर उनीहरूले जबरजस्ती मेरो मुख थुनेर बाइकमा बसाएर लगे । चिच्याउन लाग्दा मुखमा सल कोचे ।’
घरदेखि धेरै टाढा रानी भेडयारीको मकैबारीमा लगेर मार्ने धम्की दिई आफूलाई जबर्जस्ती गरेको ती बालिकाले बताइन् । योसमाचार आजको नागरिक दैनिकमा छ ।

- ADVERTISEMENT -