March 28, 2024

चितवनको गुरुङ समुदायले मनायो मा ङी पर्व

February 12, 2021

चितवन । चितवनको गुरुङ समुदायले माङी पर्व मनाएको छ। गुरुङहरुको सृष्टिकर्ता १२ महापुरुष र ७ कन्या माङीको भेट भएको दिनको रुपमा गुरुङ समुदायले मान्ने माङी पर्व मान्ने गर्छ। सो पर्व यसपाली आजैको दिनमा परेकोले चितवनको गुरुङ समुदायले आज यो पर्व मनाएको हो।
माङी पर्वको अवसरमा तमु प्ये ल्हु संघ चितवनको महिला समितिले आज चितवनको भरतपुरमा एक कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रममा बागमति प्रदेशका प्रदेश सभा सदस्य रिना गुरुङको प्रमुख आतिथ्यता एवं तमु प्ये ल्हु संघ चितवनका अध्यक्ष जगत बहादुर गुरुङको विशष्ट आतिथ्यता रहेको थियो भने अध्यक्षता महिला समितिका अध्यक्ष इन्द्राकुमारी गुरुङले गर्नुभएको थियो।
कार्यक्रममा तमु प्ये ल्हु संघ चितवनका संस्थापक एवं सल्लाहाकार भिम बहादुर गुरुङ, सल्लाहकार लेख बहादुर गुरुङ, इच्छा बहादुर गुरुङ, उपाध्यक्ष लालप्रसाद गुरुङ, सचिव बिक्रम गुरुङ, साँस्कृतिक संयोजक नारायण गुरुङ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम संचालन महिला समितिका सचिव रीता गुरुङले गर्नुभएको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -