‘सरकारले अनलाइनबाटै कक्षा र परीक्षा लिने व्यवस्था गर्नुपर्छ’ – प्याब्सन सचिव, मोहन लामा

0
777
मोहन लामा, प्रिन्सिपल प्रेरणा आवासीय मा.वि., भरतपुर ।

अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ ले सबै क्षेत्रलाई आक्रान्त बनाइरहेको छ । कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारको लकडाउनका कारण देशको सबै क्षेत्र प्रभावित बन्दै गइरहेको छ । आर्थिक, सामाजिक, शैक्षिकलगायत सबै क्षेत्र तहसनहस भइरहेको छ । देश धरासायी हुँदै गइरहेको छ । लकडाउनका कारण शैक्षिक क्षेत्रमा परेको प्रभावले बालबालिकाहरुको भविष्य अन्धकारतिर धकेलिँदै छ ।
अहिलेको विषम परिस्थितिमा अनलाइन शिक्षाले थोरै भएपनि राहत दिएको छ । तर यसरी नै लकडाउन निरन्तर बढ्दै जाने हो भने शिक्षा क्षेत्रमा गम्भीर असर पर्ने देखिन्छ । हालको विषम परिस्थितिको सेरोफेरोमा रहेर प्याब्सन चितवनका सचिव तथा प्रेरणा आवासीय मा.वि. भरतपुरका प्रिन्सिपल मोहन लामासँग न्यूज प्रवाह डटकमका प्रधान सम्पादक बबिलाल तामाङद्वारा गरिएको छोटो कुराकानी :-

१) तपाईको पूरा परिचय दिनुहोस न सर ।
– मेरो नाम मोहन लामा हो । प्रेरणा आवासीय मा.वि. भरतपुर, चितवनको प्रिन्सिपल अनि प्याब्सन चितवनको सचिव हुँ ।

२) लकडाउनले नेपालको शिक्षण जगतमा के कति असर परेको छ ?
– कोविड–१९ को कारणले कक्षा ९ सम्मको अन्तिम परीक्षा फाल्गुणमा नै लिनु प¥यो भने एसईई, कक्षा ११ र १२ को परीक्षाहरु स्थगित भएको छ । शैक्षणित क्रियाकलाप पूर्ण रुपले बन्द छ । बालबालिकाहरुले पढ्न, खेल्न र मनोरंजन गर्न पाउने अधिकारबाट बञ्चित हुनु परेको छ । साथै शैक्षिक संस्थाहरुको मूल गेटमा ताल्चा लगाएर बस्नु परेको अवस्था छ ।

३) यही क्रम जारी रहिरहे विद्यार्थीको भविष्य के होला ?
– विकल्पहरुको खोजी गरिनु पर्दछ । अवस्था यस्तै निरन्तर भइरहेमा शैक्षिक सत्र ल्याप्स हुन सक्छ । विद्यार्थीहरुको उमेरको वर्ष बढ्ने तर कक्षा नबढ्ने हुन सक्छ । उनीहरुमा नैराश्यता आउन सक्छ । घरको कोठाभित्र सीमित हुनु पर्ने हुन्छ । सामाजिक सम्बन्धहरु घट्न सक्छ । पढ्ने, लेख्ने बानीमा ह्रास आउन सक्छ । शैक्षिक स्तर खस्कदैँ जान्छ ।

४) जारी लकडाउनका विषयमा तपाईले विकल्प के देख्नु भएको छ ?
– ‘स्वास्थ्य नै धन हो’ भन्ने थाहा पाउन प¥यो । आफ्ना घर कम्पाउण्डभित्र सुरक्षित रुपले बस्नु प¥यो । अभिभावकहरुले आफ्ना बाबुनानीहरुको राम्रो हेरचाह गर्नुप¥यो । कक्षा शिक्षकले आफ्ना विद्यार्थीहरुलाई सामाजिक संजाल एवम् टेलिफोन मार्फत सम्पर्क गर्नुप¥यो र काउन्सेलिङ गर्नुप¥यो । अभिभावकले आफ्ना बालबालिकाहरुको रुची अनुसारको सिर्जनात्मक कार्य गर्नका लागि प्रोत्साहित गर्नुप¥यो साथै घरेलु कार्यहरुमा सहभागी गराई अनुभवी बनाउन सहयोग गर्नुप¥यो र कोरोना भाइरसले उत्पन्न गरेको डर र त्रासलाई हटाउने प्रयत्न गर्नुप¥यो ।

५) तपाईहरुले विद्यार्थीहरुलाई कसरी अघि बढाउने तयारी गर्नु भएको छ ?
– हामीले लकडाउनकै बीचमा बैशाख १७ गते कक्षा ९ सम्मको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन ग¥यौं । पाठ्यपुस्तकको सूची तयार गरी विद्यार्थीहरुलाई पठायौं । यतिबेला प्रायशः सबै कक्षाहरुको भर्चुअल कक्षाहरु संचालित छन् ।

६) विद्यार्थीलाई प्रत्यक्ष असर परेको यो अवस्थामा सरकारलाई के भन्न चाहनुहुन्छ ?
– वास्तवमा कोभिड–१९ का कारणले लकडाउन चैत्र ११ गतेदेखि सुरु भयो । नेपालको सन्दर्भ त्यो चाहिँ अलि छिटो भएको हो जस्तो लागेको छ । किनभने संक्रमित संख्या बल्ल दु्रतगतिमा बढ्दो क्रममा छ । यो विषम परिस्थितिमा हरेक घरमा सस्तो मूल्य र सहुलियत दरमा इन्टरनेट जडान गर्ने प्रावधानको व्यवस्था सरकारले मिलाउनु पर्दछ । रेडियो, टेलिभिजन मार्फत् दूरशिक्षा कार्यक्रमलाई प्रोत्साहित गर्नुपर्छ । साथै टोलटोलमा रहेका बालबालिकाहरुको कोरोना परीक्षण गरी सानो सानो समूहमा टोलकै दाजु दिदी मार्फत सिकाइका कार्यक्रमहरु संचालन गर्नुपर्छ ।

७) भावी दिनमा शिक्षण जगतलाई सरकारले के गरी दिए हुन्छ जस्तो लाग्छ ?
– सामुदायिक विद्यालय होस् या संस्थागत विद्यालय होस् दुबै खाले विद्यालयमा अध्ययन गर्ने भविष्यका कर्णधारहरुलाई समान प्रकारको व्यवहार सरकारबाट हुनु पर्दछ । विद्यार्थीहरुलाई प्रविधिमैत्री बनाउनु पर्छ । अध्यापकहरुलाई प्रविधियुक्त बनाउनुका साथै प्रविधिका प्रयोग गरी अध्ययन अध्यापन कार्यकलाप अगाडि बढाउनु पर्छ । सामाजिक दूरीलाई मध्यनजर गरी त्यस्तै प्रकारको भौतिक पूर्वाधार तयार गर्नुपर्छ ।

८) लकडाउनका विषयमा अभिभावकलाई केही भन्न चाहनुहुन्छ ?
– अहिलेको विषम परिस्थितिमा बाबुनानीहरुको साथी वा शिक्षक भनेकै अभिभावकहरु हुनुहुन्छ । उहाँहरुले आफ्नो बाबुनानीहरुको लागि दैनिक रुटिङ बनाई सोही अनुसार विभिन्न क्रियाकलापमा सहभागी गराउनु पर्दछ । कोरोना भाइरसका बारेमा उनीहरुकै अगाडि धेरै चर्चा परिचर्चा नगर्दा राम्रो हुन्छ । ज्ञानबद्र्धक पुस्तक–पुस्तिकाहरु पढ्न लगाउने, विभिन्न इन्डोर गेमहरु खेल्न लगाउने र सिर्जनशील कार्यहरुमा सहभागी गराउने ।

९) कोरोना भाइरस तत्कालै निर्मूल हुने अवस्था देखिँदैन, अबका दिनमा तपाईहरुले शिक्षण पेशा तथा विद्यार्थीहरुलाई कसरी लैजाँदा ठीक होला ?
– कोरोना भाइरसका कारणले उत्पन्न विषम परिस्थितिमा शिक्षण क्रियाकलापहरुलाई अगाडि बढाउन शिक्षक, विद्यार्थी र अभिभावक प्रतिबद्ध हुनुपर्छ । साथै शिक्षकहरुले अनलाइन क्लास संचालन गर्ने, विद्यार्थीहरुले त्यसलाई ध्यानपूर्वक मनन गर्ने र अभिभावकले आवश्यक स्रोत र साधन विद्यार्थीलाई उपलब्ध गराउने ।

१०) यसमा मैले सोध्न छुटाएको र तपाईलाई लागेको केही भए थप गर्न सक्नु हुनेछ ।
– आजका बालबालिका भोलिका देशका कर्णधारहरु हुन् । शैक्षिक सत्र गुम्न नदिन अनलाइन कक्षालाई सरकारले मान्यता दिनुपर्छ र अनलाइनबाटै परीक्षा लिने व्यवस्था गर्नुपर्छ । धन्यवाद ।