April 20, 2024

वृद्धा हत्याको आरोपमा एकजना पक्राउ

February 18, 2021

चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले कर्तव्य ज्यान मुद्धाका अभियुक्तलाई पक्राउ गरि सार्वजनीक गरेको छ । पक्राउ पर्नेमा मकवानपुरकी थाहा नगरपालिका वडा नम्बर ८ घर भई भरतपुर महानगरपालिका वडा नम्बर ९ भाडामा बस्ने ३५ वर्षिया शोभा विक रहेकी छन् । उनलाई प्रहरीले यही फागुन २ गते पक्राउ गरि आज सार्बजनीक गरेको हो ।
कार्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि विकलाई सार्वजनीक गरेको हो । विकले वि.सं. २०७७ साल असोज ७ गते भरतपुर महानगरपालिका वडा नम्बर ९ सरदपुर बस्ने ७४ वर्षिया बाबाहजुर थापाको हत्या गरेको प्रहरीले जनाएको छ । वि.क.ले थापाको हत्या लुटपाटका क्रममा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको कार्यालयका प्रमुख प्रहरी उपरिक्षक ओम प्रसाद अधिकारीले जानकारी दिनुभयो । घटना स्थलबाट मोवाइल, गरगहना समेत लुटी लगेको विकले स्विकार गरेको प्रहरीले जनाएको छ ।
थापाको परिवारको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । पक्राउ परेकी विकलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२ ज्यान सम्बन्धि कसूर अन्तर्गत दफा १७७ को जन्मकैदको माग गरि चितवन जिल्ला अदालतमा मुद्धा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

- ADVERTISEMENT -