पुग्यो संक्रमित २३००, निको २७८ जना

0
150

काठमाडौं । नेपालमा बुधबार थप २०१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ ।
त्यसैगरी ८० हजार २६७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ भने आरडीटीबाट १ लाख २० हजार ३७९ जनाको परीक्षण गरिएको छ । देशभरि १ लाख ५५ हजार ८६८ जना क्वारेन्टाइनमा र २ हजार १३ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
यस्तैगरी हालसम्म निको भई घर फर्कनेको संख्या २ सय ७८ जना रहेका छन् भने मृत्यु हुनेको संख्या ९ पुगेको छ ।