March 29, 2024

चितवनमा लागू औषधसहित दुई जना पक्राउ

February 20, 2021
फोटो : जिल्ला प्रहरी कार्यालय चितवन ।

चितवन / प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. १७ गाजीपुर बस्ने बर्ष २७ का धिरज लामा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिए ।
प्रहरीका अनुसार उनको साथबाट लागू औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ २ ग्राम ८७० मिलिग्राम बरामद गरिएको हो ।
यस्तैगरी प्रहरीले भरतपुर महानगरपालिका वडा नं. १७ बस्ने बर्ष ४० को गोबिन्द राउतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनलाई भरतपुर महानगरपालिका वडा नं. १० ज्ञानदर्शनचोकबाट पक्राउ गरिएको हो ।
उनको साथबाट प्रहरीले लागू औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ १ ग्राम ५७ मिलिग्राम बरामद गरेको छ ।
पक्राउ परेको दुबै जनालाई चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता थापाले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -