प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति कांग्रेस नेताहरुको विरोध

0
24
File Photo.

काठमाडौँ / काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति कांग्रेसका नेताहरुले आपत्ती जनाएका छन् । ओली निकट नेकपाको समूहले विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले प्रतिनिधिसभा संसद् विघटनको मुद्धा अदालतले सदर नगरे आन्दोलन गर्ने भन्दै धम्की दिएका थिए । सोही धम्कीपूर्ण अभिव्यक्तिको कांग्रेसले विरोध गरेको हो ।
शनिबार विराटनगरमा ओलीले कुनै किसिमको सेटिङ भएर प्रतिनिधि सभा पुनर्स्थापना हुने हो भने आन्दोलन हुने बताएका थिए ।
कांग्रेसका नेताहरु शेखर कोइराला, विश्वप्रकाश शर्मा र गगन थापाले प्रधानमन्त्रीले खुलेयाम न्यायालयलाई धम्की दिँदा न्यायालयले स्वतन्त्र ढंगबाट न्यायसम्पादन गर्न नसक्ने भन्दै ओलीको चर्को आलोचना गरेका छन् ।