नेपालमा थप १२५ जनामा कोरोना संक्रमण 

0
27

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ । पछिल्लो २४ घण्टामा ९० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हालसम्म २ लाख ६९ हजार ९६६ जना स‌ंक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ६१ पुगेको छ । आज कोरोनाबाट कसैको मृत्यु भएको छैन । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ५२९ रहेको छ ।