रोनाल्डोको दुई गोलले युभेन्टस विजयी

0
124

एजेन्सी / युभेन्टसले क्रोटोनेलाई २–० गोल अन्तरले पराजित गरेको छ । क्रिस्टियानो रोनाल्डोले हेडमार्फत् आकर्षक दुई गोल गरेपछि उक्त जित हासिल गर्न सफल भएको हो । योसँगै युभेन्टसले शीर्ष स्थानमा रहेको इन्टर मिलानसँगको दुरी ८ अंकमा घटाएको छ ।
रोनाल्डोले खेलको ३८ औँ मिनेट मिनेटमा एलेक्स सान्ड्रोको क्रसमा गोल गर्दै युभेन्टसको खाता खोलेका थिए भने पहिलो हाफको इन्जुरी समयमा एरोन रामशेको क्रसमा उनले अग्रता दोब्बर बनाए ।
उनी युभेन्टस आएयता साढे दुई वर्षमा यो ७०औँ गोल थियो भने यो समयमा रोनाल्डोभन्दा रोबर्ट लेवान्डोस्की र लियोनेल मेस्सीमात्र बढी गोल गरेका छन् । यता, रोनाल्डोको गोल खाने क्रोटोने युरोपको शीर्ष ५ लिगको ७८ औँ टोली बनेको छ ।
त्यस्तै, इन्टरका रोमेलु लुकाकुलाई उछिन्दै रोनाल्डो यो सिजन सिरिए ए को सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा उक्लिएका छन् । दोस्रो हाफमा वेस्टन म्याककेनीले युभेन्टसको तेस्रो गोल गरे ।