उपप्रधानमन्त्री पोख्रेलले भने, ‘न्यायालयको फैसला मान्छौ’

0
26

चितवन / प्रेस संगठन चितवनद्वारा आयोजनाको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री ईश्वर पोख्रेलले न्यायालयको फैसला लोकतन्त्रबादीहरुले मान्नुपर्ने धारणा राखे । उनले न्यायालयले जे फैसला गर्छ त्यो फैसला हामी सबैको लागि मान्य हुनुपर्ने र फैसलाप्रति बिमत्ति जनाउने लोकतन्त्रबादी नभएको उनले बताए ।
संसद विघटन सम्बन्धी सर्वोच्च अदालतमा बिचाराधिन रहेको बिषयले छिट्टै टुङ्गो लाग्ने भन्दै उहाँले धेरै दिन पर्खनु नपर्ने पनि उनको भनाइ थियो । शक्ति पृथकीकरणलाई आफुहरुले विश्वास गर्ने भन्दै उहाँले न्यायपालिकाको निर्णयलाई सबैले सिरोधार्य गर्नुपर्छ उनले भने ।
राजनैतिक स्थायीत्व, आर्थीक बिकास र संम्बृद्धिका लागि पार्टी एकता गरिएको भए पनि संकट आएका कारण दिगो हुन नसकेको पोख्रेलले बताए ।
‘राजनैतिक स्थिरताका लागि ताजा जनादेशमा जानु पर्ने अवस्था आएर निर्णय भएको हो ।’ उनले भने, ‘ताजा जनादेशमा जाने कुरा असंबैधानिक र अलोकतान्त्रिक कसरी हुन सक्छ ?’
निर्वाचन तोकिएकै समयमा हुने भन्दै उनले निर्वाचन हुन नदिन कुनै खालका कोशिश नगर्न आग्रह समेत गरे । यो अबसर भएकाले सबै सहभागी हुनपर्ने उनको जिकिर थियो ।
उनले हालको निर्वाचन ताजा जनादेशका लागि भएकाले यसमा सबैको हित हुनेमा विश्वस्त भएको बताए । सबै दलहरुले निर्वाचनको तयारी गरिरहेको र निर्वाचन आयोग र सुरक्षा निकायले पनि तयारी गरिरहेको उनले जानकारी दिए ।