नेपालमा २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण

0
29

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ११० जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ । पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार ६८ जना स‌ंक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ६५ पुगेको छ । आज कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ५३३ रहेको छ ।