गरगहना चोर्ने दुइ जना आधा घण्टामै पक्राऊ

0
52
Photo : Halkaro samachar

कपिलवस्तु / कपिलवस्तुमा सुन पसलबाट गरगहना चोर्ने पक्राऊ परेका छन्। कपिलवस्तु नगरपालिका वार्ड नं.१ शिवलय चोक बजार स्थित नित्यानन्द बर्माले संचालन गरेको नित्यानन्द ज्वेलर्समा मंगलवार सॉझ कपिलवस्तुकै शुद्धोधन गाउँपालिका वार्ड नं.६ कर्मा बस्ने २७ बर्षको हविव खान र २० बर्षिय उमेश मल्लाहले सुनको सिक्री तथा औठी देखाउन भनि ३ थान सुनको औठी (८१.६ लाल) अंदाजी मुल्य रु ७३,०००।– (त्रिहत्तर हजार) बराबरको औठी चोरी गरेको प्रहरिले बतायको छ।
चोरिको जानकारि पाऊनासाथ प्र.ना.उ धर्मराज भण्डारीको कमाण्डमा खटिएको १० जनाको टोलिले उनिहरुलाई लु ४१ प ३१०२ नंम्बरको SUZUKI INTRUDER मोटरसाइकल सहित ३० मिनेटमै पक्राउ गरि चोरी भएको सुनको औठी थान-३ र चोरीमा प्रयोग भएको मोटरसाइकल बरामद गरेको भण्डारीले बताएका छन्।
उनिहरुलाई आवश्यक अनुसन्धानको लागि चोरी मुद्धामा म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको प्रहरिको भनाई छ ।