पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि

0
47

काठमाडौं / नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ। भारतीय आयल निगम (आइओसं) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको भन्दै निगमले गए रातिबाट लागु हुनेगरी पेट्रोलमा डिजेलमा र रुपैयाँ, मट्टितेलमा २ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाईको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै हवाई इन्धन बाह्यतर्फको मूल्य पनि एक किलो लिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ ।
नयाँ मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मटितेलको भाउ ९९ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फको प्रतिलिटर मूल्य ७२ रुपैयाँ पुर्‍याइएको छ।खाने पकाउन ग्याँसमा भने मुल्य बढाइएको छैन ।