मकवानपुरमा राष्ट्रिय दलित पत्रकार संघ गठन

0
44

मकवानपुर / मकवानपुरमा राष्ट्रिय दलित पत्रकार संघ गठन भएको छ । दलित समुदायका युवायुवतीहरुले हेटौंडामा मंगलबार एक भेलाको आयोजना गरी राष्ट्रिय दलित पत्रकार संघ गठन गरिएको हो ।
भेलाले संघको अध्यक्षमा अन्नपूर्ण पोष्टका समाचारदाता शुभलक्ष्मी विश्वकर्मा, उपाध्यक्षमा रुपक कालिराज, सचिवमा शान्ति सुनार, कोषाध्यक्षमा पारु परियार र सहसचिवमा युवराज विश्वकर्मा निविरोध निर्वाचित भएका हुन् ।
त्यस्तै, सदस्यहरुमा क्रमशः प्रज्वनी सुनार, सीमा सुनार, विश्व सुनार र प्रशंसा सुनार चयन भएका छन् ।