March 29, 2024

प्रतिनिधिसभाको बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

March 7, 2021

मकवानपुर / प्रतिनिधिसभाको सातौँ अधिवेशन बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले फागुन २६ गतेसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरेका छन् ।
बैठकमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जवर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको थियो ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गरेका बेला कांग्रेसका माननीयहरुले सदनमा नाराबाजी गर्दै संसद् अवरुद्ध गरेका हुन् ।
नियमित कार्यसूचीमा प्रवेश गर्नासाथ प्रचण्ड–माधव पक्ष पनि आपत्ति जनाउँदै बैठक कक्षबाट बाहिरिएको थियो ।
कांग्रेसका माननीयहरुले सरकारद्वारा संविधानको भावना विपरीत ल्याएको अध्यादेशको समर्थन गर्न नसक्ने धारणा राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -