April 25, 2024

नारी दिवसको अवसरमा नारायणगढ जेसीजद्धारा सचेतना

March 8, 2021

चितवन / १११ र्औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नारायणगढ लेडिज जेसीजले सचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ । आँपटारी नारायणगढ स्थित समता स्कूलमा अध्ययनरत छात्राहरुलाई महिला हिंसा, महिला सुरक्षा र महिला अधिकार सम्बन्धि सचेतना कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष सम्झना श्रेष्ठ प्रधानले स्कुल तहबाट नै छोरीहरुलाई सचेत तुलाउने उदेश्यले सचेतना मुलक कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँले छोरीहरु शिक्षाको कमीबाट हिंसामा नपरुन भन्ने उदेश्यले कार्यक्रम गरिएको बताउनु भयो ।
कार्यक्रममा महिला अधिकारकर्मी मिना खरेलले महिला हिंसा, सुरक्षा र अधिकारका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिर्थी समता स्कूलका प्रधानध्यापक जेसी मानु श्रेष्ठले स्कूल तहका छात्राहरुलाई यस प्रकारको सचेतना मुलक कार्यक्रमले हिंसासंग लड्न निकै ठुलो सहयोग मिल्ने बताउनु भयो । कार्यक्रममा नारायणगढ लेडिज जेसीजकी अध्यक्ष सम्झना श्रेष्ठ प्रधानको अध्यक्षतामा रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -