पत्रकार महासंघको निर्वाचन चैत्र २५ गते

0
59

काठमाडौं / नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत्र २५ गते हुने भएको छ ।
महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसिएट संरचनाको निर्वाचन चैत्र २५ गते गर्ने निर्णय गरेको हो ।
पत्रकार महासंघका सचिव प्रकाश थापाले दिएको जानकारी अनुसार, महासंघको केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।
चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासङ्घले जनाएको छ ।