नेपालमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि

0
47

काठमाडौं / नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ७८१ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुका कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ५१८ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ५५ जना कोरोना संक्रमणमुक्त भएसँगै संक्रमण निको हुनेको कूल संख्या दुई लाख ७१ हजार ५५० पुगेको छ । कोरोनाबाट निको हुनेको दर ९८.६ प्रतिशत छ।