मनकामना केबलकार बिहिबार बन्द हुने

0
35

चितवन / मनकामना केबुलकार सेवा एक दिन बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि बिहीवार एक दिन बन्द गरिने भएको हो । नियमित मर्मतसम्भारका लागि मनकामना केबुलकार बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
उनका अनुसार केबुलकार चैत १३ गते शुक्रवारदेखि पुनः नियमित सञ्चालनमा आउनेछ । लामो समय बन्द भई सञ्चालनमा आएको मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएका छन् ।
कोरोना महामारीका कारण नौ महीना बन्द रहेको केबुलकार र मनकामना मन्दिर गत मंसिर २८ गतेदेखि सञ्चालनमा आएको हो । केबुलकारबाहेक मोटरबाटो र पैदल हुँदै पनि दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्छन् ।