April 18, 2024

राँगाले हान्दा ६० वर्षीय पुरुषको मृत्यु

March 26, 2021
File Photo.

सिन्धुपाल्चोक / आफैँले पालेको राँगाले हान्दा आज एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँच पोखरी थाङपाल गाउँपालिका– ८ लागर्चेका ६० वर्षीय मानबहादुर खड्का रहेका छन् । बीउका लागि पालेको राँगाले खाल्डे खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने ठाउँमा पुगेपछि एक्कासी आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । खड्काको शव परीक्षणपश्चात् निजका छोरालाई जिम्मा लगाइएको तामाङले बताउनुभयो । रासस

- ADVERTISEMENT -