March 29, 2024

काठमाडौं आइपुग्यो चिनियाँ आठ लाख डोज खोप 

March 29, 2021
File photo

काठमाडौं / चीन सरकारले सहुलियतमा उपलब्ध गराएको ८ लाख डोज भेरासेल खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ ।
बेइजिङबाट नेपाल वायुसेवा निगमको जहाजमा ल्याइएको खोपको उक्त मात्रालाई चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन् । सिनोफार्मले विकास गरेको उक्त भेरासेल खोपलाई प्रयोगमा ल्याउन भने केही दिन लाग्ने जनाइएको छ । सरकारले आपतकालीन प्रयोगको अनुमति दिए पनि विश्व स्वास्थ्य संगठनले अनुमति दिइसकेको छैन ।
डब्लुएचओको अनुमतिपछि मात्र खोप प्रयोगमा ल्याइने भएको छ । चीनले दिएको यो खोप चारलाख जनालाई लगाउन पुग्नेछ । चीनको सिनोभ्याक बायोकेटले उत्पादन गरेको उक्त खोपलाई अक्सफोर्ड अस्ट्राजेनेकाले उत्पादन गरेको कोभिसिल्डजस्तै २ देखि ८ डिग्री सेल्सियम तापक्रममा भण्डारण गर्न सकिनेछ ।
यो खोप दुई मात्रा लगाउनुपर्छ । पहिलो मात्रा लगाएको २१ देखि २८ दिनभित्र अर्को मात्रा लगाउनुपर्ने जनाइएको छ । विभिन्न परिक्षणमा चिनियाँ खोप कोभिसिल्डभन्दा बढी प्रभावकारी देखिएको छ । यो खोप किन्दा कोभिसिल्ड भन्दा महंगो पर्ने जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -