March 29, 2024

ट्राइबेकरमा बागमती क्लब विजयी, भोलि अफ्रिकन रूट्स र हानामी भिड्ने

March 29, 2021

चितवन / चितवनको क्याम्पाचौरमा जारी सेन्ट्रल कलेज स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा बागमती युवा क्लब विजयी भएको छ । निर्धारित समय दुबै तर्फको दुई–दुई गोल मात्र भएपछि ट्राइबेकरमा निर्णय लिनु परेको थियो । प्रतियोगितामा बागमतीले कास्कीलाई टाइब्रेकरमा ४–३ ले पराजित गरेको हो ।
प्रतियोगितामा अग्रता भने लेखनाथले लिएको थियो । दोस्रो हाफको पहिलो मिनेटमा नै कुलदीप कार्कीले लेखनाथलाई अग्रता दिलाएका थिए । रुपक लामाको फ्री किक बागमतीका गोलरक्षकले रोक्ने क्रममा भएको रिबाउण्डमा कार्कीले गोल गरेका थिए । दोस्रो हाफको १७ औं मिनेटमा बागमती खेलमा फर्कियो । स्टेफनको पासमा म्याक्सवलले गोल गर्दै खेलमा २–२ को बराबरी गरे ।
२५ औं मिनेटमा लेखनाथले फेरी अग्रता लियो । फोफोनाले गोल गर्दै लेखनाथलाई २–१ को अग्रता दिलाए । लगत्तै २८ औं मिनेटमा स्टेफनले गोल गरेपछि बागमती २–२ को बराबरी गर्न सफल भयो । जितसँगै बागमती प्रतियोगिताकोे सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ दि म्याच बागमतीमा स्टेफन घोषित भए । प्रतियोगिता अन्तर्गत मंगलबार अफ्रिकन रूट्स एसोसिएसन क्यामरुन र हानामी एभरेष्ट क्लब भरतपुरबीच खेल हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -