प्रथम कालिका गोल्डकप वैशाख १ गतेदेखि सुरु

0
24

चितवन / मदन भण्डारी स्पोर्टस एकेडेमि कालिका नगर कमिटी चितवनले प्रथम कालिका गोल्डकप खुल्ला नकआउट फुटवल प्रतियोगिताको गर्ने भएको छ । खोलेसिमलमा आज पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार नयाँ वर्ष २०७८ सालको अवसर पारी वैशाख १ गतेदेखि सुरु हुने एकेडेमिका अध्यक्ष निशान चौधरीले जानकारी दिनुभयो ।
स्थानीय सरकारलाइ खेल प्रति अपनत्वको भाव विकास गर्न पनि आयोजना गरिएको प्रतियोगितामा १२ वटा टिमको सहभागीता रहने उहाँले बताउनुभयो । यस अघि चैत्र २१ गतेदेखि आयोजना गर्ने तयारी भएपनि सोही मैदानमा राष्ट्रपति रनिङ सिल्ड भएका कारण वैशाख १ गतेदेखि सुरु भई १२ गते फाइनल खेल हुने चौधरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रति टिम ५ जनासम्म विदेशी खेलाडी समेत सहभागी गराउन पाइने भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १ लाख १ हजार १११ र उप विजेता हुनेलाई ५५ हजार ५ सय ५५ रुपैया सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै विभिन्न विधामा सफल हुनेहरुलाई नगद पुरस्कार समेत राखिएको छ । प्रतियोगितामा निशुल्क सहभागी हुन पाइने र टाढा बाट आउनेहरुलाइ यातायात खर्च वापत रु ३ हजार उपलब्ध गराइने पनि चौधरीले जानकारी दिनुभयो ।