४३२ थान अवैध लागुऔषध सहित एक पक्राउ

0
39

आँबुखैरेनी / तनहुँको आँबुखैरेनी गाउँपालिका ४ पुलजीपबाट ठूलो परिमाणमा लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन शिवनगर १४ बस्ने ३२ वर्षीय हरि परियार रहेको प्रहरीले जनाएको छ ।
पृथ्वीराजमार्गमा खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका परियारलाई शङ्का लागेर चेकजाँच गर्दा लागुऔषध सहित पक्राउ गरेको हो । प्रहरीले निजले बोकेको झोलाबाट फेनरागन १४४, डाइजेपाम १४४ र नुर्फिन १४४ गरी ४३२ थान प्रतिबन्धित लागुऔषध बरामद गरेको जनाएको छ ।