नेपालमा थपिए ८३६ जना कोरोना संक्रमित

0
35

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप ८३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८३६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा २०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७४ हजार ८१२ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ७० पुगेको छ ।
आज कोरोनाबाट थप ४ व्यक्तिको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।नेपालमा हाल कुल सक्रिय संक्रमितको संख्यामा ५००८ रहेको छ ।