March 29, 2024

इच्छाकामनाका बिरामीलाई निःशुल्क रगत

April 17, 2021

इच्छाकामना / चितवनको इच्छाकामना गाउँपालिकाका वासिन्दाहरु विरामी भई रगत आवश्यक परेमा निःशुल्क पाउने भएका छन् । इच्छाकामना गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी चितवन बिच सम्झौता भए अनुसार उक्त गाउँपालिकाका रगत आवश्यक परेका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको हो ।
सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष गीता कुमारी गुरुङ र रेडक्रसको तर्फबाट जिल्ला सभापति ज्ञानशाली न्यौपानेले हस्ताक्षर गरेका हुन् । निःशुल्क सुविधा लिनको लागि इच्छाकामना गाउँपालिकाको स्थायी वासिन्दा भएको परिचय पत्र वा सिफारिस पत्रको प्रतिलिपि हुनु पर्ने अध्यक्ष गुरुङले जानकारी दिइन् ।
यस्तै गाउँपालिकामा कार्यरत गाउँपालिकाभन्दा बाहिर स्थायी ठेगाना भएका कर्मचारीले पनि परिचयपत्र देखाएर यो सुबिधा लिन पाउनेछ । सम्झौतामा बिरामीलाई रेडक्रसले उपलब्ध गराएको निःशुल्क रगतको रकम गाउँपालिकाले भुक्तानी गर्ने उनले भनिन् ।
रगत आवश्यक परेका विरामीलाई निःशुल्क प्राप्त भएपछि उपचारमा अझ सहज हुने उनको भनाइ थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -