पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, पेट्रोल १२१, डिजेल तथा मट्टितेल १०४ रुपैयाँ

0
36

काठमाडौं । पेट्रोलियम पदार्थको भाउ फेरि बढेको छ । नेपाल आयल निगमले गत चेत्र २२ गते मात्र बढाएको पेट्रोल, डिजेल र मट्टितेलको भाउ शनिबार राति १२ बजेदेखि लागू हुने गरी फेरी बढाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले भाउ बढाएको हो ।
नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १२१ र डिजेल तथा मट्टितेलको १०४ रुपैयाँ तय गरिएको छ ।
त्यस्तै, आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको भाउ पनि बढेको छ । साबिकको मूल्यमा २ रुपैयाँ प्रति लिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ ।
एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने बढाइएको छैन ।
निगमका अनुसार मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ६ रुपैयाँ ७२ पैसा, डिजलमा ४४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु ४१७.४७ पैसा घाटा रहेको छ ।