त्रिशुलीको निर्माणाधीन पुलबाट खस्दा १ को मृत्यु, दुई बेपत्ता

0
43
File Photo.

चितवन / भरतपुर महानगरपालिका–१ ठिमुरा–देवघाट जोड्ने त्रिशुली नदी माथि निर्माणाधिन पक्की पुलबाट ११ जना मजदुर त्रिशुलीमा खसेका छन् । खसेका मध्ये एकजनाको मृत्यु भएको छ । अन्य आठ जना घाइते भएका छन् भने दुई जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भारतको बेतिया जिल्ला घर भएका ४३ वर्षिय विजय यादव रहेका छन् । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
त्यस्तै घाइते मध्ये दुई जना सामान्य र ६ जना मध्यम रहेका छन् । उनीहरुको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बेपत्ता हुनेमा भारतको बिहार घर भएका श्यामबाबु पाठक र सुनिल माझी रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा फलामको काम गर्नेक्रममा फलामसहित ती मजदुर खसेका हुन् ।