March 28, 2024

सवारी दुर्घटनामा २ जना गम्भीर घाइते

April 27, 2021

नवलपुर / नवलपरासीको कावासोती नगरपालिका १६ डण्डामा ट्याङकर र मोटरसाईकल एक आपसमा ठक्कर खादा दुई जना गम्भिर घाइते भएका छ्न ।
मंगलबार पश्चिम बाट पूर्व तर्फ आउदैँ गरेको ना १ प ६३७१ नम्बरको ट्याङकर र विपरीत दिसाबाट जादै गरेको रा ४ प १२०४ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खादा दुर्घटना भएको हो । दुघटनामा परि मोटरसाईकलमा सवार दाजुभाई गम्भिर घाइते भएका हुन ।
घाईते हुनेमा दाङ तुलसिपुर बस्ने २८ वर्षीय सुमन थापा र २३ वर्षका नारायण थापा रहेका छन् । उनिहरुको स्वास्थ्य अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यलय पूर्वी नवलपरासीका प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले जानकारी दिएका छ्न ।
गम्भिर घाईते भएका उनिहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -