मकवानपुरमा बैंकहरु हप्ताको तीन दिनमात्रै खुल्ने

0
30

मकवानपुर / मकवानपुर जिल्लामा संचालन भएको सरकारी तथा निजी सबै क्षेत्रका बैंकहरु अब हप्ताको तीन दिन मात्र खुल्ने भएको छ ।
मंगलबार बसेको जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठकले बैशाख १५ गते बुधबारबाट लागू हुने गरी उक्त निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार, कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई रोकथाम तथा नियन्त्रणलाई मध्यनजर गर्दै भोलिदेखि लागू हुने गरी हप्ताको तीन दिन बिहान ११ बजेदेखि दिनको २ बजेसम्म मात्र खुलाउने व्यवस्था गरिएको हो । उक्त बैकहरु आलोपालोका साथ संचालन गर्ने भएको हो ।
सौथ, उक्त बैठकले एटिएम सेवा भने २४ घण्टामा नै संचालनमा ल्याउनेसमेत निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।
यसैगरी, जिल्लामा संचालित सबै सहकारी संस्थाहरु पनि भोलिदेखि अर्को सूचना नआएसम्मको लागि हप्ताको तीन दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै संचालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।