March 28, 2024

चितवन निषेधाज्ञा : जिल्ला भित्रिने र बाहिरिने सवारीलाई चेकजाँचमा कडाई [तस्विरहरु]

May 1, 2021
निषेधाज्ञामा देखिएको लायन्सचोक, नारायणगढ । Photo : newsprabah

–बबिलाल तामाङ 
चितवन / छिमेकी मुलुक भारत लगायत विश्वमै दोश्रो लहरको भेरियन्ट कोरोना भाइरस दिनानुदिन बढ्दै गइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ५७२७ कोरोना संक्रमित बिहीबार मात्र थपिएका छन् ।
चितवनमा पनि संक्रमित बृद्धिदर उकालो लागेपछि कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबारदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा जिल्ला बाहिर जाने सवारी साधन तथा जिल्ला भित्रिने [नवलपरासीबाट चितवन] सवारी साधनलाई चेकजाँचमा कडाई गरिएको छ ।
जिल्लाभित्र सवारी साधनहरु फाट्टफुट्ट चलेको छ जसमध्ये अत्यावश्यकीय खाद्यान्न सामग्री बोकेर हिँड्ने, एम्बुलेन्स लगायतलाई मात्र प्राथमिकता दिइएको छ । चितवन प्रशासनले अन्य सवारी साधनलाई भने यसपटक सवारी पास नदिइएको बताइएको छ ।
गृह मन्त्रालयले अन्य सवारी साधनलाई पास नदिनू भन्ने आदेश यसअघि नै जिल्ला मातहतका प्रशासनलाई निर्देशन दिइसकिएको छ । [चितवनमा बिहीबार देखिएका गतिविधिका केही तस्विरहरु]

- ADVERTISEMENT -
- ADVERTISEMENT -