भारतमा एकैदिन कोरोनाबाट २ हजार बढीको मृत्यु

0
25

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट एकैदिन २ हजार जना भन्दा बढीको मृत्यु भएको छ । भारतमा कोरोनाबाट २४ घण्टामा २ हजार ३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । भारतमा कोरोनाबाट भएको मृत्यु अहिलेसम्मकै बढी हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाबाट जीवन गुमाउनेको संख्या ११ हजार ९ सय २२ पुगेको छ । भारतमा कोरोना सक्रमित संख्या ३ लाख ५४ हजार नाघेको छ ।