April 25, 2024

नेपालमा थपिए ७६६० संक्रमित, १७७५ डिस्चार्ज

May 4, 2021

काठमाडौं ‍/ नेपालमा पछिल्लो २४ घण्टामा मात्रै सात हजार ६ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या हालसम्मको उच्च हो।
पछिल्लो २४ घण्टामा १६ हजार १ सय ३१ जनाको पीसीआर र ५ सय ७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा सात हजार ६ सय ६० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, कुल संक्रमितमध्ये हाल ५९ हजार ७९८ जना सक्रिय संक्रमित छन्। हाल २५३ जना संक्रमित क्वारेन्टाइनमा छन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ७ सय ७५ जना कोरोना संक्रमणमुक्र भएका छन् ।
यसैगरी, पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ३ हजार ४१७ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -