-: तपाईको आजको राशीफल (आइतबार) :-

0
62

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) : 
आज पुरानो समस्या सुल्झाउन सकिनेछ । साझेदारीको कर्यबाट राम्रो प्रतिफल मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउन सक्छ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) :
साथीको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :
धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) :
धार्मिक कार्यमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । आफन्तको सहयोगबाट कार्य पुरा हुनेछ । नयाँ कार्यको थालनी होला ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) :
धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । नसोचेको ठाउँ बाट धन हात पर्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) :
भाग्योदय हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो ) :
रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । पारिवारीक सुख रहला ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :
आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) :
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) :
आज प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) :
आज छोटो दुरीको लाभदायी यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) :
कार्यसिद्धि हुने अवसर मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषि कार्यमा सफलता मिल्नेछ ।

(ज्यो.प. नारायणप्रसाद दुलाल)