निषेधाज्ञामा बस चलाउने प्रहरीको नियन्त्रणमा

0
28

गुल्मी / गुल्मी प्रहरीले निषेधाज्ञा अवज्ञा गरी यात्रुहरु ओसारपसार गर्ने बस चालकलाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार बुटवलबाट ३० जना यात्रुहरू राखेर आइरहेको लु १ ख ७१८९ नम्बरको बसलाई चालकसहित जिल्लाको मुख्य नाका रिडीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्योसहित अवज्ञा गर्ने अरु सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका चालकलाई कानुनअनुसार कामकारबाही चलाउने कि पहिलो पटकलाई चेतावनी सहितको कागज गराइ छाड्ने बिषयमा छलफल भैरहेको प्रहरीले जनाएको छ ।
गुल्मीमा गएराति देखि जेठ ४ गते सम्मका लागि दोश्रो पटक निषेधाज्ञा जारी भएको छ ।