बागमती प्रदेशमा ३४ कोरोना संक्रमितको मृत्यु

0
39

मकवानपुर / बागमती प्रदेशमा एकैदिन ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसमेत छन् ।
प्रदेशका १३ मध्ये ९ जिल्लाका ३४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा सबै भन्दाबढी काठमाडौंका ११ जना महिला र ७ जना पूरुष गरी कुल १८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार ललितपुरका ४ जना, भक्तपुरका ३ जना, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः २/२ जनाको मृत्यु भएको छ ।
त्यस्तै रसुवा, रामेछाप र सिन्धुपाल्चोकका १÷१ जनाको मृत्यु भएको छ ।
योसँगै बागमती प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६५३ जना पुगेको छ ।
त्यस्तै, प्रदेशमा पछिल्लो २४ घण्टामा ४ हजार ६५५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै प्रदेशमा हाल सक्रिय संक्रमितको संख्या ५३ हजार ३७५ जना छन् ।
तीमध्ये संस्थागत आइसोलेसनमा २ हजार ४८१ जना, विभिन्न अस्पतालले संचालन गरेको एचडियूमा ३७८ जना, आइसीयूमा ६९८ जना, भेन्टिलेटरमा २२० जना उपचाररत रहेका छन् ।
त्यस्तै ४९ हजार ५९८ जना संक्रमितहरु होम आइसोलेशन बस्दै आएका छन् ।