चितवनमा थप २३१ मा कोरोना संक्रमण, १० हजार बढी संक्रमित

0
25

, संक्रमितको संख्या १० हजार नाघ्यो
चितवन। चितवनमा थप २३१ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानाकारी अनुसार जिल्लाभर पछिल्लो चौबिस घण्टामा २३१ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको हो ।
यो संगै जिल्लामा हालसम्म जम्मा संक्रमितको संख्या १० हजार ४३२ पुगेको छ ।त्यस्तै सक्रिय संक्रमितको संख्या ३ हजार १२४ पुगेको छ । उनिहरु मध्ये २ हजार ९२६ जना होम आइसोलेसनमा बसिरहेका छन् ।
अन्य १९८ जनाको भने जिल्लाका बिभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । जिल्लाभर हालसम्म १५१ जनाको मृत्‍यु भएको छ ।