५ हजार ५५ जना कोरोना संक्रमणमुक्त

0
32

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार भन्दा बढी व्यक्ति कोरोना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्र भएका हुन् ।
योसँगै नेपालका कोरोना निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा निको हुने संक्रमितको दर ७४ दशमलब ६ प्रतिशत छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९ सय ६० जना कोरोना संक्रमित थपिएका छन् भने २ सय १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नयाँ संक्रमित थप भएसँगै हाल एक लाख ५ हजार २ सय ७ जना सक्रिय संक्रमित रहेका छन् । ४९७ जना व्यक्ति क्वारेन्टाइनमा छन् ।